एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, साढे ८ प्रतिशत बोनस सेयर दिने

बीमा खबर । एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । इन्स्योरेन्सको सञ्चालक समितिको फागुन ३० गते बिहान बसेको बैठकले हाल कायम चुक्ता पूँजीको ८.५० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो । यस्तै कर प्रयोजनका लागि ०.४४७ प्रतिशत बराबरको १ करोड ३० लाख ९ हजार ९७० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणबाट स्वीकृति भए पश्चात इन्स्योरेन्सको वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
बोनस सेयर वितरण भएपछि इन्स्योरेन्सको चुक्तापूँजी ३ अर्ब १५ करोड ५३ लाख रुपैयाँ पुग्नेछ ।