बैंक खबर । शेयर लगानीकर्ता अम्बिकाप्रसाद पौडेल सबैभन्दा धेरै पत पाएर नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एशोसियट तर्फको कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन् । पौडेलले कुल ८ सय ९० मत मध्ये ८ सय २ मत प्राप्त गरेका छन् ।
पूँजी बजारको सुधारका लागि महासंघबाट राज्यको ध्यान आकृष्ट गर्ने उद्देश्य सहित उम्मेदवारी दिएका पौडेल लोकप्रिय मत सहित विजयी भएका हुन् । पौडेल इन्भेस्टर्स फोरमका पूर्व अध्यक्ष समेत रहेका छन् ।