footer
logo
November 29 2020
Blog single photo

ग्लोबल आएइमई बैंकका अध्यक्ष ढकाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित

बैंक खबर । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा उनी प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् । 

यससँगै ढकाल निजि क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको २० औं अध्यक्षा बन्ने निश्चित भएको छ । ढकालले शेखर गोल्छापछि महासंघको नेतृत्व सम्हाल्नेछन् । 

 ५० प्रतिशत मतभार रहेको जिल्ला–नगरतर्फ ढकालले ५२ र प्रधानले ५३ मत ल्याएका छन् । यस्तै ३० प्रतिशत मत भार रहेको एशोसिएटमा ढकालले ५ सय २२ र प्रधानले ३ सय ७५ मत ल्याएका छन् । २० प्रतिशत मतभार रहेको वस्तुगतमा ढकालले ५९ र प्रधनले ३९ मत ल्याएका छन् ।  



ढकालले कुल ५४.२६ प्रतिशत मत ल्याएका छन भने प्रधनले ४५.७४ प्रतिशत मात्रै मत ल्याएका छन् । 
 

Top