footer
logo
November 25 2020
Blog single photo

लाइफ इन्स्योरेन्स कर्पोरेशनले १० प्रतिशत बोनस शेयर दिने

बीमा खबर । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । 

सञ्चालक समितिको बुधबार बसेको बैठकले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश प्रस्ताव गरेको हो । 



सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश बीमा समितिबाट स्वीकृत भएपछि साधारणसभाले अनुमोदन गरेमा शेयरधनीले पाउनेछन् । 
 

Top