footer
logo
November 25 2020
Blog single photo

गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेका नोट पहिलोपटक चलनचल्तिमा

राष्ट्र बैंक । नेपाल राष्ट्र बैंकले गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको ५ रुपैयाँ र १० रुपैयाँ दरका नयाँ नोट आजदेखी चलनचल्तीमा ल्याएको छ । राष्ट्र बैंकले गभर्नरका रुपमा महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको नोट पहिलोपटक चलनचल्तिमा ल्याएको हो । 

गत चैतमा गभर्नरको रुपमा नियुक्त भएका अधिकारीले हस्ताक्षर गरेका कुनैपनि नोट अहिले सम्म बजारमा आएको थिएन् । नयाँ नोटको डिजाइनमा कुनै परिवर्तन नभएको राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकका अनुसार हस्ताक्षर र सिरियल नम्बर फरक छ । १० रुपैयाँ दरका नोटमा विक्रम संवत २०७६ लेखिएको छ भने ५ रुपैयाँ दरको नोटमा २०७७ लेखिएको छ । 

राष्ट्र बैंकले जारी गरेको छुट्टाछुट्टै सूचना यसप्रकार छ ।
 



Top