footer
logo
November 23 2020
Blog single photo

बैंकिङ व्यवसाय तर्फ नविल बैंक बन्यो सबैभन्दा धेरै कर तिर्ने बैंक 

अर्थतन्त्र । आर्थिक वर्ष २०७६/०७७ मा बैंकहरु मध्ये सबैभन्दा धेरै कर नविल बैंकले तिरेको छ । आन्तरिक राजस्व विभागले आइतबार सार्वजनिक गरेको नेपालका सबैभन्दा धेरै कर तिर्ने संस्थाहरुको सुचिमा बैंकहरुको तर्फबाट नविल बैंक अगाडी देखिएको हो । यस्तै बीमा कम्पनीहरुमा सबैभन्दा धेरै कर तिर्ने कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी सम्मानीत हुने भएको छ ।  

सहकारी तथा लघुवित्त व्यवसाय तर्फ छिमेक लघुवित्त कम्पनी, स्वास्थ्य तथा शिक्षा सेवातर्फ मणिपाल मेडिकल कलेज, व्यापार व्यवसायतर्फ अग्नी इनकर्पोरेट प्राली, रेमिट्यान्सतर्फ आइएमई लिमिटेड र पर्यटनतर्फ तारागाउँ रिजेन्सी (हायात होटल)सम्मानीत हुने भएको छन् । 

सबैभन्दा धेरै कर तिर्ने कम्पनीहरु मध्ये पहिलो नम्बरको सूचिमा सूर्य नेपाल परेको छ । पछिल्लो ११ वर्षमा मूल्य अभिवृद्धि कर विवरण समयमा पेश गर्ने र समयमै कर चुक्ता गर्ने तथा सबै भन्दा धेरै मूल्य अभिवृद्धि कर तिर्ने कम्पनीमध्येबाट घोराही सिमेन्ट उद्योग सम्मानित हुने भएको छ । उक्त सिमेन्ट उद्योग गत बर्ष पनि सोही विधामा सम्मानित भएको थियो । 



सबैभन्दा बढी आयकर तिर्ने कम्पनीमा निर्यातकर्तातर्फ डाबर नेपाल, उद्योगतर्फ हिमाल पावर र कृषि एवम् पशुपन्छी उद्योगतर्फ अन्पूर्ण एग्रो सम्मानित भएको छ । डाबर नेपाल र अन्पूर्णले गत बर्ष पनि सेही विधा बाटै सम्मानीत हुने भएको छन् ।

मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेत्रभीत्र पर्ने सबै भन्दा धेरै आयकर तीर्ने करदातामा कामना सेवा विकास बैंक परेको छ । 

यस बर्ष व्यक्तिगत आयकरतर्फ सबै भन्दा बढी आयकर तिरेवापत व्यवसायी विजय कुमार शाह सम्मानीत हुनुहुने भएको छ । यसअघि लगातार चार वर्ष सम्म सबै भन्दा धेरै कर सिदार्थ शमशेर राणाले तिर्दै आउनुभएको थियो । यो पटक भने शाह सबैभन्दा धेरै कर तिर्ने व्यक्तिको रुपमा सम्मानित हुनुहुने भएको हो । शाह जाउलाखेल ग्रुप अफ कम्पनीका मालिक हुनुहुन्छ । 

आइतबार सार्वजनिक भएका उत्कृष्ट करदाताहरुलाई विशेष समारोहबीच सम्मान गरिने पनि विभागले बताएको छ । 

Top