footer
logo
November 20 2020
Blog single photo

नेपाल एसबिआई बैंकले ९.४७ प्रतिशत लाभांश दिने

बैंक खबर । नेपाल एसबिआई बैंकले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट लाभांश घोषणा गरेको छ । बैंकले ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

बैंकको सञ्चालक समितिले ६ प्रतिशत बोनस शेयर र ३.४७ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि समेत गरी शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको हो । सञ्चालक समितिको सो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि वार्षिक साधारणसभाबाट पारित भएमा शेयरधनीले पाउनेछन् । 
 



Top