footer
logo
November 13 2020
Blog single photo

एनआईसी एशिया लघुवित्तद्वारा कर्जा बीमाको दावी रकम हस्तान्तरण

बैंक खबर । एनआईसी एशिया लघुबित्त बित्तीय सस्थाको नवलपरासी सर्दि शाखा कार्यलयबाट लघुउद्यम कर्जा लिएका डोलराज अर्यालको असमाहिक निधन भएपछि लघुवित्तले उनका परिवारलाई बीमा रकम उपलब्ध गराएको छ ।

अर्यालले होटल व्यवसायका लागि लिएको १० लाख रुपैयाँ कर्जाका लागि गरिएको १० लाख रुपैयाँ बराबरको बीमा र एक लाख रुपैयाँ काजक्रिया बापतको रकम गरी कुल ११ लाख रकम उपलब्ध गराएको हो ।  



बीमा रकमको चेक अर्यालकी धर्मपत्नी जमुना अर्याल पाण्डेलाई लघुवित्तका शाखा प्रवन्धक शंकर भट्टराईले हस्तान्तरण गरेका छन् । बीमा वापतको चेक पाएपछि अर्यालले श्रीमानको मृत्यु भएपनि लघुवित्तले बीमा रकम दिएकाले आफूलाई राहत पुगेको बताइन् । कार्यक्रममा शाखा प्रबन्धक भट्टराईले लघुवित्तबाट कर्जा लिने सबै ऋणीको सुरक्षाका लागि बीमा गरिएको बताएका छन् ।

Top