footer
logo
November 13 2020
Blog single photo

यस्तो छ सिभिल बैंकको नयाँ ब्याजदर

बैंक खबर । सिभिल बैंकले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचत खाता, मुद्दती निक्षेप र कर्जाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको हो । 

बैंकका अनुसार विभिन्न बचत खातामा ४ देखि ६ प्रतिशत सम्म ब्याजदर निर्धारण गरेको छ । मुद्दती निक्षेप अन्तर्गत व्यक्तिगत तफए न्यूनतम ७.७५ प्रतिशत देखि ९.२५ प्रतिशत ब्याजदर दिने छ । त्यस्तै संस्थागत तर्फ ५.१० प्रतिशत देखि ७.८० प्रतिशत सम्म ब्याजदर कायम गरेको छ । 

कर्जा तर्फ भने विभिन्न स्किम अनुसार प्रिमियम तय गरेको छ । जस अनुसार आधार दरमा १ प्रतिशत देखि ५.१६ प्रतिशत सम्म प्रिमियम जोडेर ब्याजदर निर्धारण हुने बैंकले जनाएकोछ  । बैंकको आधार दर ८.८८ प्रतिशत रहेको छ । 

बैंकले स्थिर ब्याजदरमा कर्जा लिन चाहनेका लागि पनि नयाँ ब्याजदर सार्वजनिक गरकेो छ । जस अनुसार घर कर्जा आधारदरमा २.५० प्रतिशत देखि ४ प्रतिशत सम्म प्रिमियम थप हुनेछ । गाडी कर्जामा आधारदरमा ३ प्रतिशत प्रिमियम थप हुने छ । व्यक्तिगत कर्जा तर्फ भने आधारदरमा ३.५० प्रतिशत देखि ५ प्रतिशत सम्म प्रिमियम थप भई ब्याजदर निर्धारण हुने पनि बैंकले जनाएको छ । 
 



Top