footer
logo
November 05 2020
Blog single photo

मेरो माइक्रोफाइनान्सले झण्डै १८ प्रतिशत लाभांश वितरण गर्ने, बोनस शेयर कति ?

बैंक खबर । मेरो माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । माइक्रोफाइनान्सको कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले १७.८३१५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

माइक्रोफाइनान्सले १६.९३९९ प्रतिशतले हुने रकम १४ करोड ४८ लाख ६० हजार रुपैयाँको बोनस शेयर र करप्रयोजनका लागि ०.८९१६ प्रतिशतले हुने रकम ७६ लाख २४ हजार २ सय १० रुपैयाँ ५३ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

सञ्चालक समितिबाट प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र माइक्रोफाइनान्सको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।



Top