footer
logo
November 03 2020
Blog single photo

समाज लघुवित्तको खुद नाफामा उल्लेख्य वृद्धि, अन्य सूचक कस्तो ?

बैंक खबर । समाज लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । वित्तीय विवरण अनुसार लघुवित्तको नाफा ३९ लाख ८ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तको खुद नाफा ३ हजार रुपैयाँ मात्रै रहेको थियो । 

पहिलो त्रैमास सम्ममा लघुवित्तले ४ करोड ३६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने १६ करोड ९८ लाख रुपैयाँ सापटी लिएको छ  । यो अवधिमा लघुवित्तले २१ करोड ३४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । 

लघुवित्तको खुद ब्याज आम्दानी २९ लाख २६ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको पहिलो त्रैमासमा भन्दा २४७.७३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले ८ लाख ४३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 



खुद ब्याज आम्दानी बढेपनि लघुवित्तको सञ्चालन मुनाफा भने नोक्सानीमा रहको छ । यो अवधिमा लघुवित्तको सञ्चालन नोक्सानी ५ करोड ९६ लाख ३५ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तको सञ्चालन नोक्सानी २ लाख ३७ हजार रुपैयाँ रहेको थियो । 

२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १० लाख २० हजार रुपैयाँ संचित रहेको छ । 

लघुवित्तको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ५४ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ५ रुपैयाँ १० पैसा, तरलता अनुपात १०.०५ प्रतिशत र खराब कर्जा ०.०४ प्रतिशत रहेको छ । समाज लघुवित्त स्वास्तिक लघुवित्तसँग मर्जरको प्रकृयामा रहेको छ ।  

Top