footer
logo
October 28 2020
Blog single photo

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको निक्षेपमा १ अर्ब २७ करोड रुपैयाँ लगानी गर्ने

राष्ट्र बैंक । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेप लगानी गर्ने भएको छ । राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार उपदान तथा पेन्सन कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्नेछ । 

राष्ट्र बैंकले १ अर्ब २७ कारोड रुपैयाँ निक्षेप लगानी गर्न लागेको हो । जसमध्ये ‘‘क’’ वर्गका वाणिज्य बैंकहरुमा १ अर्ब १ कारोड ६० लाख रुपैयाँ, ‘‘ख’’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुमा १९ करोड ५ लाख रुपैयाँ र ‘‘ग’’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा ६ करोड ३५ लाख रुपैयाँ निक्षेप राखिने पनि राष्ट्र बैंकले स्पस्ट पारेको छ । 

उक्त रकम २०७७ मंसिर २ गते देखि २०७८ साउन ३२ गते सम्म (२ सय ७३ दिन)का लागि मुद्दति निक्षेप राख्ने पनि राष्ट्र बैंकले जनाएको छ । मुद्दति निक्षेपको रुपमा लिन चाहेको रकम खोली मिति २०७७ कात्तिक १६ गते दिउसो साढे ३ बजे भित्रमा बैंकले तोकेको सिलबन्दी प्रस्ताव फारम (अनुसूची २) भरी कुल लगानी योग्य रकम मध्ये आफूले लिन चहेको रकम उल्लेख गरी बुझाउनु पर्नेछ । 



Top