footer
logo
October 22 2020
Blog single photo

एनएलजी इन्स्योरेन्सले मंसिर ५ गतेका लागि बोलायो साधारणसभा, कात्तिक २५ गते बुकक्लोज 

बीमा खबर । एनएलजी इन्स्योरेन्सले मंसिर ५ गते १४ औं वार्षिका साधारण सभा आव्हान गरेको छ । कम्पनीले काठमाडौंको पानीपोखरीमा रहेको रजिष्टर्ड कार्यालयमा बिहान १० बजे देखि सभा शुरु हुने जनाएको छ । 

सभाले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्ने भएको छ । 



साधारणसभा प्रयोजनका लागि इन्स्योरेन्सले कात्तिक २५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यससँगै कात्तिक २४ गते सम्म काय शेयरधनीले साधारणसभामा भाग लिन वा लाभांश प्राप्त गर्न सक्नेछन् । 
 

Top