footer
logo
October 21 2020
Blog single photo

३६ हजार १ सय ८१ ऋणीले पाए सहुलियतपूर्ण कर्जा

बैंक खबर । २०७७ भदौ मसान्तमा नेपाल राष्ट्र बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जा १ अर्ब ७६ करोड रुपैयाँ लगानीमा रहेको छ । यसमध्ये साधारण पुनरकर्जा ७३ करोड रुपैयाँ र भूकम्प पीडितलाई निजी आवास निर्माण प्रदान गरिएको पुनरकर्जा १ अर्ब ३ करोड रुपैयाँ रहेको छ । 

२०७७ भदौ मसान्तसम्ममा ३६ हजार १ सय ८१ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई ६४ अर्ब ९५ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत २५ हजार ५ सय ८९ ऋणीलाई ५७ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।



सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत १० हजार ५ सय ९२ ऋणीको ७ अर्ब ५२ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ ।
 

Top