footer
logo
October 21 2020
Blog single photo

बैंकहरुलाई वित्तीय विवरण प्रकाशित गर्न १५ दिन समय थप, कात्तिक मसान्त भित्र प्रकाशित गर्नुपर्ने

बैंक खबर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई वित्तीय विवरण प्रकाशित गर्ने समय १५ दिन थप गरेको छ । 

बैंक तथा वित्तीय संस्थाले कात्तिक १५ गते भित्रमा पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरिसक्नुपर्ने व्यवस्था रहेको छ । तर कोरोना भाइरसको संक्रमणको जोखिमका कारण कात्तिक मसान्त भित्र बुझाए हुने व्यवस्था गरेको हो । 

राष्ट्र बैंकले बुधबार एक सूचना प्रकाशित गरी कात्तिक मसान्त भित्रमा वित्तीय विवरण प्रकाशित गरे हुने बताएको छ । 
 



Top