footer
logo
October 20 2020
Blog single photo

मेगा बैंकले ल्यायो डिजिटल दक्षिणा योजना, दक्षिणा दिनेले पाउँछन तीन सय रुपैयाँ

बैंक खबर । मेगा बैंकले दशैंमा दक्षिणा दिनका लागि ‘तीनमा तीन सय’ नामक दक्षिणा अफर ल्याएको छ । कोरोना भाइरसको असहज परिस्थितिमा नोट बिहिन बैैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले यो योजना ल्याएको हो । 

यो योजना अन्तर्गत दक्षिणा दिनेले पनि ३ सय रुपैयाँ क्यासब्याक पाउनेछन् । त्यसका लागि बैंकको मेगा स्मार्ट बैंकिङ एप प्रयोग गरेर फोन पेमार्फत कुनैपनि बैंकको तीनवटा खातामा दक्षिणास्वरुप रकम पठाउनुपर्ने बैंकले जनाएको छ । यसरी दक्षिणा पठाउँदा रिमार्कसमा ‘Dakshina’ लेख्नुपर्नेछ । 

यो योजना दशैंको टिकाको दिन कात्तिक १० गते देखि पूर्णिमासम्म अर्थात कात्तिक १५ गते सम्म कायम रहनेछ । यो अफरमा ग्राहकहरुले तीनवटा खातामा गरी न्यूनतम ५ सय रुपैयाँ दक्षिणा स्वरुप रकमान्तर गर्नुपर्ने बैंकले जनाएको छ । 
 



Top