footer
logo
October 20 2020
Blog single photo

एनआईसी एशिया बैंकले २० प्रतिशत लाभांश दिने, बोनस शेयर कति ?

बैंक खबर । एनआईसी एशिया बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।



बैंकले १९ प्रतिशत बोनश शेयर र कर प्रयोजन सहित एक प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीले पाउनेछन् ।

Top