footer
logo
October 18 2020
Blog single photo

फोन पेमार्फत अन्तर बैंक कारोबार गर्दा दैनिक एक लाख जित्न सकिने  

बैंक खबर । फोन पे पेमेन्ट सर्भिसले फोन पे डाइरेक्ट मार्फत बैंक तथा वित्तीय संस्थामा अन्तर बैंक कारोबार गर्दा हरेक दिन एक लाख रुपैयाँ जित्न सकिने योजना ल्याएको छ । यो योजना दशैंलाई लक्षित गरी ल्याएको कम्पनीले जनाएको छ । 

‘फोन पे डाइरेक्टसँग, दशैं धन मौका’ नाम दिइएको यो योजना कात्तिक १४ गतेसम्म सञ्चालन हुनेछ । यस्तै यो योजनामा पाँच लाख रुपैयाँ सम्म बम्पर उपहार जित्न सक्ने समेत कम्पनीले जनाएको छ ।  



यो योजना डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको समेत कमपनीले जनाएको छ । योजनामा क्यूआर मार्फत गरिने भुक्तानी समेत समावेस गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 

Top