footer
logo
October 18 2020
Blog single photo

माछापुच्छ्रे बैंकको २२ औं वार्षिक साधारणसभा स्थगित

बैंक खबर । कात्तिक ६ गते बस्ने भनेको माछापुच्छ्रे बैंकको २२ औं वार्षिक साधारणसभा स्थगित भएको छ । गत शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले बार्षिक साधारणसभा स्थगित गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।

कोरोना संक्रमण बढेको र चाडपर्वको बेला समेत भएकाले शेयरधनीलाई साधारण सभामा भाग लिन कठिनाई हुने भन्दै आगामी बिहीबार पोखरामा गर्न लागिएको साधारणसभा स्थगित भएको बैंकले जनाएको छ । 



बैंकले शेयरधनीलाई आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट चुक्ता पूँजीको ७.०३ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ३.३७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । 

Top