footer
logo
October 14 2020
Blog single photo

सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान सम्बन्धी कार्यविधि तेस्रोपटक संशोधन (पूर्णपाठ सहित)

राष्ट्र बैंक । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि तेस्रोपटक संशोधन गरेको छ । मंगलबार राष्ट्र बैंकले आफू मातहतका बैंक तथा वित्तीय संस्थाहरुलाई उक्त सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बनधी तेस्रो संशोधनमा भएको व्यवस्था लागू गर्न निर्देशन दिएको छ । 

कार्यविधि अनुसार व्यवसायिक कृषि तषा पशुपन्छी कर्जा ५ करोड रुपैयाँसम्म, शिक्षत युवा स्वरोजगार कर्जा ७ लाख रुपैयाँ सम्म, विदेशबाट फर्केका युवा परियोजना कर्जा दश लाख रुपैयाँसम्म, महिला उद्यमशिलताका लागि अधिकतम १५ लाख रुपैयाँ सम्म, दलित समुदाय व्यवसाय विकास कर्जा १० लाख रुपैयाँ सम्म, उच्च प्रविधि तथा व्यवसायिक शिक्षा कर्जा ५ लाख रुपैयाँ सम्म, भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा ३ लाख रुपैयाँ सम्म, कपडा उद्योग सञ्चालनका लागि ५ करोड रुपैयाँ सम्म र प्राविधिक शिक्षा तथा व्यवसाय तालिम परिषद्बाट मान्यताप्राप्त संस्थाबाट लिइने तालिमका लागि २ लाख रुपैयाँ सम्म कर्जा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । 

यस्तो कर्जामा नेपाल सरकारले ब्याज अनुदान उपलब्ध गराउने कर्जामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा दुई प्रतिशत विन्दु भन्दा बढी नहुने गरी ब्याजदर कायम गर्नुपर्नेछ । 

कर्जाको ब्याज, कर्जा सूचना शुल्क, ऋणीले ब्यहोर्नुपर्ने बीमा प्रिमियम र कर्जा सुरक्षण शुल्क भन्दा बाहेक अन्य कुनै प्रकारको थप सेवा शुल्क लिन पाइने छैन् ।



सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (तेस्रो संशोधन)को पूर्णपाठ हेर्नको लागि तलको फोटो अर्थात लिंकमा क्लिक गर्नुहोला ।

http://www.bankkokhabar.com/backend/images/editor/1602640965_सहुलियत-पूर्ण-कर्जा-कार्यविधि-२०७५-तेस्रो-संशोधन-सहित.pdf

Top