footer
logo
October 12 2020
Blog single photo

नेपाल राष्ट्र बैंकले यसपटकको दशैंमा नयाँ नोट सटही नगर्ने

राष्ट्र बैंक । नेपाल राष्ट्र बैंकले यसपालिको दशैंमा नयाँ नोट सटही नगर्ने भएको छ । केन्द्रीय बैंकले कोभिड १९ संक्रमणको जोखिमका कारण दशैं लक्षित नयाँ नोट सटही नगर्ने बताएको हो । 

राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमा समेत संक्रमण फैलिएको र नगद सटहीका क्रममा हुने भिडभाडबाट संक्रमण फैलन सक्ने सम्भावना उच्च भएकोले नोट वितरण नगरिने बैंकले स्पष्ट पारेको छ । स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै राष्ट्र बैंकका कुनैपनि कार्यालयहरुबाट वडादशैंको प्रयोजनका लागि नयाँ नोट सटही सुविधा प्रदान नगरिने पनि बताएको छ । 



Top