footer
logo
October 11 2020
Blog single photo

आरएसडिसी लघुवित्तले १२.६३ प्रतिशत लाभांश दिने

बैंक खबर । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चुक्ता पूँजीको १२.६३ प्रतिशत लाभांश दिने भएको छ । लघुवित्तले ९ प्रतिशत (६ करोड ४ लाख ३७ हजार ४५ रुपैयाँ) बोनस शेयर र ३.६३ प्रतिशत (२ करोड ४३ लाख ८६ हजार ८ सय ७८ रुपैयाँ) कर प्रयोजनार्थ समेत गरी नगद लाभांश दिने भएको हो । 

असोज २४ गते बसेको सञ्चालक समितिको १०३ औं बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीहरुले पाउने छन् । 

लघुवित्तको हालको चुक्ता पूँजी ६७ करोड १५ लाख २२ हजार ७ सय २० रुपैयाँ रहेको छ । 
 



Top