footer
logo
October 11 2020
Blog single photo

वालेट मार्फत बुझाउने राजस्वमा पुस मसान्त पछि शुल्क लाग्ने, एक हजारसम्म भने निशुल्क

राष्ट्र बैंक । नेपाल राष्ट्र बैंकले वालेटमार्फत राजस्व भुक्तानी गरेमा शुल्क लाग्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले शक्रबार सूचना जारी गरी राजस्व व्यवस्थापन प्रणालीमा आवद्ध भएका भुक्तानी सेवा प्रदायक कम्पनीले लिने शुल्क निर्धारण गरेको हो । 

नेपाल राष्ट्र बैंकका अनुसार एक हजार सममको राजस्व भुक्तानीमा कुनैपनि शुल्क लिन पाउनेछैनन् । एक हजार एक रुपैयाँ देखि ३ हजार ५ रुपैयाँ सम्म ५ रुपैयाँ शुल्क निर्धारण भएको छ । त्यस्तै ३ हजार एक देखि १० हजार रुपैयाँ सम्मका लागि १० रुपैयाँ र १० हजार एक रुपैयाँ भन्दा माथिको लागि ३० रुपैयाँ शुल्क लिन पाउने व्यवस्था गरेको हो । 

राष्ट्र बैंकले वर्तमान कोभिड १९ को असहज अवस्थालाई दृष्टिगत गरी आगामी पुस मसान्त सम्मका लागि भने सबै कारोबातर रकममा निशुल्क गर्नुपर्ने बताएको छ । 
 



Top