footer
logo
October 11 2020
Blog single photo

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ भर्ने आज अन्तिम दिन

बीमा खबर । सानिमा जानरल इन्स्योरेन्सको आईपीओ भर्ने आज (असोज २५ गते) अन्तिम दिन हो । इन्स्योरेन्सले असोज १ गते देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो । 

इन्स्योरेन्सले प्रति शेयर एक सय रुपैयाँ अंकित दरको ३० लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता साधारण शेयर सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीहरुको लागि छुट्याएर बाँकी रहेको २७ लाख ३० हजार कित्ता साधार शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो । 
 



इन्स्योरेन्सका अनुसार सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ता सम्मका लागि आवेदन दिन पाउने छन् । 
 

Top