footer
logo
October 07 2020
Blog single photo

ग्लोबल आइएमई लघुवित्तले स्पर्श लघुवित्तलाई प्राप्ति गर्ने

बैंक खबर । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले स्पर्श लघुवित्त वित्तीय संस्थालाई प्रााप्ति गर्ने भएको छ । दुई लघुवित्त एक आपसमा गाभिने सम्बन्धमा मंगलबार सहमति भएको छ । स्पर्शलाई प्राप्ति गर्ने विषयमा ग्लोबल आइएमई लघुवित्तका अध्यक्ष बुद्धि अकेला र स्पर्श लघुवित्तका अध्यक्ष डा. सुशिलभक्त माथेले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । 

दुई लघुवित्त गाभिएर एक भएपछि संस्थाको वित्तीय पक्ष र व्यवसाय बलियो बन्ने विश्वास दुवै लघुवित्तले गरेका छन् । त्यस्तै ग्राहकलाई प्रदान गर्ने सेवा, सुविधामा समेत थप अभिवृद्धि हुने विश्वास समेत दुवै लघुवित्तले गरेका छन् । 



हाल ग्लोबल आइएमई लघुवित्तको २५ करोड ९५ लाख रुपैयाँ चुक्तापूँजी छ भने स्पर्श लघुवित्तको ९ करोड २७ लाख रुपैयाँ छ । दुई लघुवित्त एक भएपछि बन्ने संस्थाको चुक्तापूँजी ३५ करोड रुपैयाँ नाघ्ने छ । 
 

Top