footer
logo
October 04 2020
Blog single photo

सिभिल लघुवित्तले आवेदन नपरेको हकप्रदको विक्री बोलकबोल मार्फत गर्ने, असोज २५ देखि आवेदन दिन सकिने

बैंक खबर । सिभिल लघुवित्त वित्तीय संस्थाले आवेदन नपरेको हकप्रद बोलकबोल मार्फत विक्री गर्ने भएको छ । लघुवित्तले २०७७ साउन २५ देखि भदौ २९ गते सम्म विक्रीमा राखेको हकप्रदमा आवेदन नपरेको संस्थापक समूह तर्फको ११ हजार ६ सय ८ कित्ता र सर्वसाधारण समूहको ७७ हजार ८ सय ४२ कित्ता गरी कुल ८९ हजार ४ सय ५० कित्ताका लागि बोलकबोल मार्फत आवेदन माग गरेको हो ।

लघुवित्तले २०७७ असोज २५ गते देखि २०७७ कात्तिक २ गते सम्म शिलबन्दी बोलपत्र पेश गर्ने समय तोकेको छ । हकप्रद शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले तोकिएको मिति भित्र बैंकिङ समयभित्रै शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

बोलपत्रदाताले बोलपत्र पे गर्दा संस्थापकको हकमा न्यूनतम १ हजार कित्ता तथा सर्वसाधारणको हकमा न्यूनतम १ सय कित्ता देखि अधिकतम सम्पूर्ण कित्ता सम्मका लागि आवेदन दिन सक्ने व्यवस्था पनि लघुवित्तले गरेको छ । शेयरको न्यूनतम मूल्य प्रतिशेयर १ सय रुपैयाँ तोकिएकाले बोलकबोल गर्दा प्रतिकित्ता १ सय रुपैयाँ वा सो भन्दा बढी मूल्य अंकित गरी गर्नुपर्ने पनि लघुवित्तले जनाएको छ । 

हकप्रद शेयर लिलामबढाबढका लागि धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेकोछ । 

बोलपत्र ओदन सेञ्चुरी क्यमपिटल मार्केट्स कमलादी, काठमाडौं, सेञ्चुरी कमर्सियल बैंकका विराटनगर, बीरगंज, पोखरा, बुटवल, नेपालगंज, विरेन्द्रनगर (सुर्खेत), धनगढी, विर्तामोड, जनकपुर, हेटौंडा, नारायणघाट, घोराही (दाङ), बाग्लुङ तथा महेन्द्रनगर (कंचनपुर)मा रहेका शाखा कार्यालयमार्फत दिन सकिने छ ।



Top