footer
logo
September 30 2020
Blog single photo

जनरल इन्स्योरेन्सको आवेदन भर्न छुटनुहोला, आवेदन दिनका लागि आज अन्तिम दिन

बीमा खबर । जनरल इन्स्योरेन्स कम्पनीले असोज ११ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (असोज १४ गते) अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले प्रतिशेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ३० लाख कित्ता प्राथमिक शेयर निष्काशन गरेको हो ।  

इन्स्योरेन्सले निष्काशन गरेको ३० लाख कित्ता साधारण शेयर मध्ये ५ प्रतिशत अर्थात एक लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता कर्मचारीहरुका लागि छुट्याएको छ । बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि सर्वसाधारण लगानीकर्ताका लागि रहेको छ । 

लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि र अधिकतम १० हजार कित्ता सम्मका लागि आवेदन दिन पाउनेछन् । इन्स्योरेन्सको आइपीओ निष्काशनका लागि विक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल रहेको छ । 
 



मंगलबार साँझसम्म इन्स्योरेन्सको आईपीओमा ६ लाख ८२ हजार भन्दा बढी आवेदनबाट १ करोड ९१ लाख बराबरको शेयरको माग भएको विक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ । 

Top