footer
logo
September 30 2020
Blog single photo

सिटिजन्स लाइफ आईपीओ निष्कासनका लागि एनआइबिएल एस क्यापिटल विक्री प्रबन्धक नियुक्त

बीमा खबर । सिटिजन्स लाइफ इन्स्योरेन्सले प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनका लागि इन्स्योरेन्सले एनआइबिएल एस क्यापिटलसँग सम्झौता गरेको छ । 

इन्स्योरेनसले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । हाल कम्पनीको १ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । थप ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता आईपीओ विक्री गरेपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । 



आईपीओ निष्कासनका लागि भएको सम्झौतामा इन्स्यारेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायब कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् ।
 

Top