footer
logo
September 27 2020
Blog single photo

युनिलिभर नेपालले शतप्रतिशत नगद लाभांशन दिने

शेयर खबर । युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट शतप्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले आफ्ना शेयरधनीहरुलाई प्रतिकित्ता एक सय रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

असोज ९ गते शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शतप्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव आगामी साधारण सभाले पारित गरेको ४५ दिन भित्रमा शेयरधनीले प्राप्त गरिसक्ने कम्पनीले जनाएको छ । 

लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कात्तिक २७ गते शेयरधनी किताब बन्द गर्ने भएको छ । यससँगै कात्तिक २६ गते सम्म कायम शेयरधनीले उक्त लाभांश प्राप्त गर्नसक्नेछन् । 



Top