footer
logo
September 23 2020
Blog single photo

शेयर बजार झण्डै १० अंकले बढ्यो, बजार पूँजीकरण २० खर्ब ७२ अर्ब पुग्यो

शेयर बजार । शेयर बजारमा परिसूचक नेप्से बढेको छ । नेप्से परिसूचक ९.३७ अंकले बढेर १ हजार ५ सय ५५.५२ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि ०.९५ अंकले बढेर ३ सय ८.३४ अंकमा बन्द भएको छ । 

बुधबार १ सय ९४ कम्पनीका १ अर्ब ७२ करोड ७८ लाख २१ हजार ७ सय ७ रुपैयाँको ५८ लाख ६२ हजार ६ सय १७ कित्ता शेयर खरिद विक्री भएको छ । बजार पूँजीकरण २० खबर ७२ अर्ब ५ करोड ९४ लाख रुपैयाँ पुगेको छ । 

होटल समूह बाहेकका सबै समूह बढेका छन् । बैंकिङ समूह ०.१५ प्रतिशत, व्यापार समूह ०.५६ प्रतिशत, विकास बैंक समूह १.२६ प्रतिशत, जलविद्युत समूह २.८ प्रतिशत, वित्त समूह १.६४ प्रतिशत, निर्जीवन बीमा समूह ०.९५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.७६ प्रतिशत, लघुवित्त समूह ०.४ प्रतिशत, जीवन बीमा समूह ०.९८ प्रतिशत र अन्य समूह ०.७४ प्रतिशतले बढेका छन् । होटल समूह भने १.३६ प्रतिशतले घटेको छ । 



बुधबार सबैभन्दा धेरै कारोबार शिखर इन्स्योरेन्सको १० करोड ८५ लाख रुपैयाँ बढीको भएको छ । सबै भन्दा धेरै कमाउनेहरुमा अरुण भ्यालि हाइड्रोपावर, माउन्टेन हाइड्रो, युनाइटेड मोदि हाइड्रोपावर, युनियन हाइड्रोपावर, दिव्येश्वरी हाइड्रोपावर लगायतका कम्पनीका शेयरधनीहरु रहेका छन् । जसले झण्डै १० प्रतिशतले कमाएका छन् । गोर्खाज फाइनान्सका शेयरधनीले भने झण्डै ४ प्रतिशतले गुमाएका छन् । 
 

Top