footer
logo
September 23 2020
Blog single photo

धितोपत्र किनबेच सम्बन्धी एक जानकारी 

शेयर खबर । कम्पनीहरुले धितोपत्र निष्कासन गरेका बखत धितोपत्र खरिद गर्न सकिन्छ । यसलाई प्राथमिक बजारबाट धितोपत्र खरिद गरिएको भनिन्छ । सामान्यतया यो बजारमा धितोपत्रहरु अंकित मूल्यमा खरिद बिक्री हुन्छ । वित्तीय अवस्था बलियो भएका कम्पनीले अंकित मूल्यमा थप रकम जोडेर प्रिमियममा पनि बिक्री गर्न सक्छन् ।

प्राथमिक बजारमा कम्पनीहरुबाट खरिद गरिएको धितोपत्र परेको बेला बिक्री गर्न सकिने व्यवस्था गरिएको हुन्छ । यस्तो व्यवस्थालाई दोस्रो बजार भनिन्छ । स्टक एक्सचेञ्जहरुले दोस्रो बजारको रुपमा काम गरेका हुन्छन् । नेपालमा नेपाल स्टक एक्सचेन्जले धितोपत्रको खरिद विक्री गराउने काम गर्छ ।



स्टक एक्सचेन्जमा बजारको माग र आपूर्तिले धितोपत्रको मूल्य निर्धारण गरेको हुन्छ । सोही मूल्यमा लगानीकर्ताले कारोबार गर्न सक्छन अथवा कारोबारका लागि आफैले धितोपत्रको खरिद विक्री नियम अनुसार मूल्य निर्धारण गरी कारोबारका लागि शेयरको माग अथवा आपूर्ति गर्न सक्छन् । स्टक एक्सचेन्जमा धितोपत्र कारोबार ‘सदस्य दलाल (ब्रोकर)’ मार्फत हुन्छ । धितोपत्र किनबेच गर्नेले दलाललाई कमिसन तिर्नुपर्छ ।
 

Top