footer
logo
September 18 2020
Blog single photo

सञ्चार माध्यमबाट साधारणसभाको प्रत्यक्ष प्रशारण गर्न सहकारी संस्थाहरुलाई विभागको सुझाव 

बैंक खबर । सहकारी विभागले सामाजिक सञ्जाल तथा स्थानीय सञ्चार माध्यमबाट साधारणसभाको प्रत्यक्ष प्रशारण गर्न सहकारी संस्थाहरुलाई सुझाव दिएको छ । विभागले बिहीबार सहकारी संस्थाको साधारसभा सम्बन्धमा सूचना जारी गरी सकेसम्म साधारणसभाको प्रत्यक्ष प्रशारण गर्ने व्यवस्था मिलाउन सझाव दिएको हो । 

सूचनाको ६ नम्बर बुँदामा भनिएको छ ‘साधारणसभा कार्यक्रम विद्युतीय माध्यमबाट सञ्चालन गर्न सकिने छ (गणपूरक संख्याको हकमा भने १५ दिन वा विनियममा तोकिएको समयभित्र सदस्यहरुलाई प्रतिवेदन वितरण गर्दा गरिएको हस्ताक्षर अनुरुप तत्काल कायम सदस्यको ५१ प्रतिशत पुग्नुपर्नेछ) र सम्भव भएसम्म साधारण सभा सञ्चालन अवधिभरको सबै गतिविधिहरु सामाजिक सञ्जाल वा स्थानीय सञ्चार माध्यमबाट प्रत्यक्ष प्रशारण गर्ने व्यवस्था मिलाउने साथै विद्युतीय माध्यमबाट गरिने साधारण सभाको सम्पूर्ण रेकर्डिङ नियमनकारी निकायमा साधारणसभा सकिएको १५ दिन भित्र पेश गर्नुपर्नेछ ।’

कोभिड–१९ संक्रमणका कारण भौतिक रुपमा उपस्थित भएर साधारणसभा गर्न असम्भव भएको र ऐन अनुसार समयमै साधारणसभा सम्पन्न गर्नुपर्ने भएकाले विद्युतीय माध्यमबाट वा स्थानीय सञ्चार माध्यमबाट समेत प्रत्यक्ष प्रशारण गरी गर्न सक्ने सुझाव दिएको हो । साधारणसभा आर्थिक वर्ष सकिएको तीन महिना भित्रै सम्पन्न गर्नुपर्नेछ । 

यदि साधारणसभा विद्युतीय माध्यमबाट सञ्चालन गर्न नसकिने अवस्था भएमा सदस्य संख्या सदस्यको फैलावट तषा कार्यक्षेत्र समेतको विचार गरस् बढीमा १५ दिनसम्म वा सहकारी संस्थाको स्वीकृत विनियममा तोकिएको समयमा साधारसभा सञ्चालन अवधि कायम राखि उपस्थिति पुस्तिका खुला गर्नसकिने र सदस्यहरुलाई १५ दिन भित्र हस्ताक्षर गर्नका लागि उपस्थित हुने समय र स्थानको जानकारी अग्रिम गराउने, साथै निर्णय पुस्तिकामा समेत हस्ताक्षर गराउने र नियामक निकायबाट समेत प्रमाणित गराउने व्यवस्था विभागले गरेको छ । 

यस्तै साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्नको लागि कार्यक्रमकै दिनमा प्रतिनिधिहरु चयन गर्ने, सदस्यहरुले दिएकासुझावहरु समेटी साधारणसभाको निर्णय पुस्तिका तयार पार्ने, साधार सभामा उपिस्थत हुने समस्यहरुको उपस्थितिको अभिलेखको आधारमा कानून बमोजिमको गणपूरक संख्या पूरा भएमा मात्रसाधारणसभाले वैधानिकता पाउने विभागले उल्लेख गरेको छ । 



सहकारी ऐन २०७४ को दफा ४०(५) बमोजिम समान कार्यसूचीमा छलफल तथा निर्णय गर्नेगरी एकाईगत रुपमा हुने साधारण सभाको हकमा पनि यो व्यवस्था पालना गरेको हुनुपर्ने जनाएको छ । 

यस्तै साधारणसभाको अनितम निर्णय प्रमाणित गर्ने गरी चुनिएका प्रतिनिधिहरुले सबै एकाईको जम्मा मतसंख्यालाई आधार लिई बहुमतको प्रस्ताव पारित हुनेगरी निर्णय प्रमाणित गर्नुपर्ने भएको छ । 

यस्तो व्यवस्था नेपाल सरकारले भेला जमघटमा निषेधाज्ञा तोकेको अवस्था स्थानले सदस्यहरु भेला हुन बन्चित भएको समयको लागि मात्र हने र नेपाल सरकारको निषेधाज्ञा हटाएमा भने प्रचलित कानूनी प्रावधान अनुरुप नै साधारणसभा गर्नुपर्ने पनि विभागले उल्लेख गरेको छ । 

सहकारी विभागले जारी गरेको सूचना विस्तृतमा हेर्नको लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.bankkokhabar.com/backend/images/editor/1600388609_AGM_Notice_Sahakari Bibhag.pdf

Top