बैंक खबर । निषेधाज्ञा खुकुलो भएसँगै सहकारी संघसंसहरुलाई तरलताको समस्या हुन थालेको छ । लकडाउन अवधिमा बचत वृद्धि भई अधिक तरलताको समस्या भोगेका सहकारीहरुमा आर्थिक क्रियाकलाप बडेसँगै बचत फिर्ताको चाप बढेकाले तरलता अभाव भएको हो ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले कोरोना महामारीको समयमा तरलता बढेको देखिए पनि अहिले धेरै सहकारीलाई तरलताको अभाव भएको बताउँछन् । ‘तरलता बढ्दा प्रचार गर्ने तर अभाव भएको कुरा सार्वजनिक नगर्ने भएकाले तरलताको अभाव परेका सहकारीको वास्तविक तथ्याङ्क आउन नसकेको हो’ सहकारी हकहित समाजले गरेको कार्यक्रममा उनले भने, ‘तरलताको अभाव भएको कुरा बैं र छाता संघहरुलाई समेत भन्न हिचकिचाउने गरेको छन् ।’ उनले आर्थिक क्रियाकलाप सूचारु भएपछि सहकारीमा तरलताको समस्या बढ्न सक्ने उल्लेख गरे ।
अध्यक्ष उप्रेतीले अहिले सरकारी पक्षले सहकारीको सन्दर्भ ब्याजदर १३ प्रतिशतमा झार्न प्रयास गरिरहेको खुलास समेत गरे । ‘उहाँहरु लघुवित्त वित्तीय संस्थाको ब्याजदर १८ प्रतिशत हुँदा सहकारीको सन्दर्भमा ब्याजदर १७ प्रतिशत तोक्यौं, अहिले लघुवित्तको ब्याजदर १५ प्रतिशत ग¥र्याैं, सहकारीको ब्यजादर १३ प्रतित गर्दा कसो होला भन्नुहुन्छ ’ उनले भने । सहकारीको ब्यजादर कम हुँदा राम्रो हुने भएपनि विषम परिस्थितिमा ब्यजादर घटाउँदा सहकारीको पैसा बाहिरिन सक्ने भएकाले अभियानले तत्काल ब्यजादर नघटाउन आग्रह गरेको अध्यक्ष उप्रेतिले बताए । ...
यो समाचार कारोबारमा छापिएको छ ।