footer
logo
September 14 2020
Blog single photo

अबदेखि कोरोना बीमामा २५ प्रतिशत मात्रै भुक्तानी पाइने, बाँकी उपचार खर्च 

बीमा खबर । बीमा समितिले कोरोना बीमा सम्बन्धि निर्देशिका संशोधन गर्दै नयाँ व्यवस्था गरेको छ । संशोधित निर्देशिका अन्तर्गत अबदेखि कोरोना बीमा गर्नेहरुले कुल बीमांकमध्ये राहत खर्च बापत २५ प्रतिशत मात्रै भुक्तानी पाउने भएकाछन् । यो व्यवस्था भदौ २८ गते सम्म बीमा गर्नेहरुमा लागू हुनेछैन । 

समितिले भदौ २८ गते कोरोना बीमा सम्बन्धी निर्देशिका संशोधन तथा परिमार्जन गरी उक्त व्यवस्था लागू गरेको हो । नर्या व्यवस्था अनुसार बीमितले कुल बीमांकबाट राहत खर्च स्वरुप २५ प्रतिशत र बाँकी उपचार खर्च मात्र पाउने छन् । 

बीमित कोरोना संक्रमित भई अस्पतालमा भर्ना हुनुपरेमा अथवा तोकिएको आइसोलेसन सेन्टरमा बसेको भए चिकित्सकले प्रमाणित गरे बमोजिम कोभिड १९ सम्बन्धी उपचारको खर्च बिल मात्रै कुल बीमांकको ७५ प्रतिशत सम्म भुक्तानी हुने व्यवस्था गरिएको छ ।
 



निर्देशिकाको पूर्ण विवरण हेर्न तलको निर्देशिकामा क्लिक गर्नुहोला ।

Top