footer
logo
September 14 2020
Blog single photo

सारथी र नयाँ नेपाल लघुवित्त मर्ज हुँदै, असोज ५ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने

बैंक खबर । नयाँ नेपाल लघुवित्त वित्तीय संस्था र सारथी लघुवित्त वित्तीय संस्थाले असोज ५ गते एकीकृत कारोबार शुरु गर्ने भएका छन् । एकीकृत कारोबातरका लागि नेपाल राष्ट्र बैंकले भदौ ७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले भदौ २२ गते अन्तिम स्वीकृति दिएका थिए । 

दुई लघुवित्त आफसमा गाभिएपछि ‘सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड’को नाममा एकीकृत कारोबातर शुरु गर्न लागेका हुन् । दुवै लघुवित्तले विशेष साधारणसभा मार्फत एक बराबर एक शेयर स्वाप रेसियोमा गाभिने प्रस्ताव पारित गरेका थिए । 
 



नयाँ नेपाल लघुवित्त १० जिल्ला कार्य क्षेत्र भएको नेप्सेमा सूचीकृत लघुवित्त हो भने सारथी लघुवित्त नेप्सेमा सूचीकृत नभएको राष्ट्रिय स्तरको इजाजतप्राप्त संस्था हो । दुर्व लघुवित्तबीच २०७६ माघ २० गते मर्जर हुने सम्झौता भएको थियो । मर्जर पछि लघुवित्तको केन्द्रिय कार्यालय काभ्रेपलान्चोकको धुलेखेल नगरपालिकामा रहने छ । 
 

Top