footer
logo
September 14 2020
Blog single photo

सिभिल लघुवित्तको हकप्रद शेयरमा आवेदन दिन छुटनुहोला, आज अन्तिम दिन

बैंक खबर । सिभिल लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । लघुवित्तले साउन २५ गते देखि चुक्ता पूँजीको एक सय प्रतिशत हकप्रद शेयर निष्काशन तथा विक्री खुल्ला गरेको थियो । 

लघुवित्तले एक सय रुपैयाँ अंकित मूल्यका ११ करोड ४१ लाख १४ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार १ सय ४० कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । हकप्रद निष्काशनका लागि लघुवित्तले असार १५ गते देखि बुकक्लोज गरेको थियो । 



लघुवित्तको हकप्रद शेयरको विक्री प्रबन्धमा सेञ्चुरी क्यापिटल मार्केट्स रहेको छ । लघुवित्तका शेयरधनीले सेञ्चुरी क्यापिटल, सिभिल लघुवित्तका सबै शाखा कार्यालय र सेञ्चुरी कमर्सियल बैंकका विराटनगर, पोखरा, नेपालगंज, विरगंज, नारायणगढ, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सकिने छ । त्यस्तै आश्वा सेवा दिदै आएका बैंक तषा वित्तीय संस्थासँगै मेरो शेयर मार्फत समेत आवेदन दिन सकिनेछ । 

Top