footer
logo
September 11 2020
Blog single photo

के हो ब्लु चिप शेयर ? कस्तो शेयरलाई ब्लु चिप भनिन्छ ?

वित्तीय साक्षरता । लामो समयदेखि नाफा कमाउंदै आएको र शेयरधनीलाई उच्च लाभांश प्रदान गर्दै आएको कम्पनीको शेयरलाई ब्लु चिप शेयर भनिन्छ । यस्ता कम्पनीको व्यवस्थापन पक्ष राम्रो हुन्छ भने संस्थागत सुशासनमा समेत धयान दिएका हुन्छन् । यस्तो कम्पनी लगानीकर्ता प्रति तुलनात्मक रुपमा बढी जवाफदेही समेत हुन्छ । 

यी कम्पनीहरुलाई लगानीकर्ताले बढी विश्वास गरेका हुन्छन् । त्यसैले शेयर बजारमा पनि बढी नै आकर्षण देखिन्छ । कम्पनीहरुले लगानीकर्ताको विश्वास जितेका हुन्छन भने जिम्मेवारीको स्पष्ट विभाजन, प्रतिफलको न्यायोचीत वितरण, संस्थागत सुशासनमा सबैभन्दा अगाडि देखिन्छन् । त्यसैले शेयर बाजरमा पनि यस्तो कम्पनीको शेयर मूल्य प्राय बढीरहेको हुन्छ । 



ब्लु चिप कमपनीहरुको विशेषताहरु
१. बजारमा उच्च छबी (साख) हुनु
२. बोनस शेयर वितरणमा जोड दिनु
३. नियमित आम्दानी बढाउँदै लैजान सफल हुनु
४. लगानीकर्ताको विश्वास जित्न सफल हुनु
५. बजार पूँजीकरण धेरै हुनु
६. अल्पकालीन र दिर्घकालीन लगानी दुबैबाट फाइदा लिन सकिने
७. दोस्रो बजारमा शेयरको मूल्य छिटो बढ्ने र ढिलो घट्ने प्रकृतिको हुनु
८. यस्तो कम्पनीमा वैदेशिक संस्थागत लगानीकर्ता र म्युचुअल फण्ड कम्पनीहरुले समेत लगानी गर्नु ।

Top