footer
logo
September 10 2020
Blog single photo

धितोपत्र बोर्डले लागू गर्‍यो सामूहिक लगानी कोषको संशोधित नियमावली

बैंक खबर । नेपाल धितोपत्र बोर्डले समुहिक लगानी कोष (चौथो संशोधन) नियमावली भदौ २४ गते देखि लागू भएको जनाएको छ । बोर्डले नेपाल सरकार अर्थ मन्त्रालयबाट समेत नियमावलीमा भएको संशोधन स्वीकृत भइसकेकाले लागू गरिएको बताएको छ । 

बोर्डले नियमावली संशोधन मार्फत योजना व्यवस्थापकले खुलामुखी योजनाको इकाई पुर्नखरिद गर्दा लिने शुल्क (एक्जिट फि) योजनाको आयमा लेखांकन गर्नुपर्ने व्यवस्था गरेको छ । यस अघि उक्त आयको लेखांकन योजना व्यवस्थापकले गर्ने गरेका थिए । 

विद्यमान व्यवस्थाले इकाईधनी (लगानीकर्ता) को कोष मजबुत भई बढी प्रतिफल पाउन सहयोग पुग्नेछ । त्यस्तै, उक्त नियमावलीको नियम ४० को उपनियम (४) मा योजना व्यवस्थापक र योजनाको लेखापरीक्षकको नियुक्ती गर्दा बोर्डलाई जानकारी दिई नियुक्त गर्न सक्ने व्यवस्था गरिएको छ । यस अघि सो बोर्डबाट स्वीकृति लिएर मात्र गर्न सकिने व्यवस्था रहेको थियो । 
 



Top