footer
logo
September 10 2020
Blog single photo

वित्तीय व्यवस्थापन गर्न नसकेका आयोजनाका लागि म्याद थपको तयारी

अर्थतन्त्र । विद्युत् विकास विभागले कोरोना संक्रमणको महामारीका कारण जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन र विद्युत् किनबेच सम्झौता (पीपीए) गर्ने अवधि थपका लागि निवेदन दिन नसकेका प्रवर्द्धक कम्पनीहरूलाई थप समयावधि तोक्ने भएको छ । यस्तै, सर्वेक्षण अनुमतिपत्र नवीकरण र उत्पादन अनुमतिपत्र प्राप्तिका दरखास्त दिन नसकेका कम्पनीहरूका लागि पनि समय थप्ने विभागको तयारी छ ।

प्रवर्द्धक कम्पनीले उत्पादनको अनुमतिपत्र प्राप्त गरेको २ वर्षभित्र आयोजनाको पीपीए र वित्तीय व्यवस्थापन गर्नुपर्ने प्रावधान छ । त्यो अवधिमा पीपीए र वित्तीय व्यवस्थापन गर्न नसके म्याद थपका लागि कम्पनीले २ वर्षको अवधिभित्र विभागमा निवेदन दिनुपर्छ ।

निवेदनपछि विभागले १ वर्षको म्याद तोक्न सक्नेछ । तर, कोरोना संक्रमणले उत्पन्न गरेको परिस्थितिका कारण त्यस्ता कम्पनीहरूले रीतपूर्वक विभागमा दरखास्त दिन सकेका छैनन् । सोही कारण विभागले दरखास्त दिने समय तोक्न लागेको हो ।



यस्तै, वित्तीय व्यवस्थापनका लागि २ वर्षको अवधि सकिएर थप म्याद अर्थात् तेस्रो वर्षको चरणमा रहेका आयोजनाहरूलाई पनि आवश्यक म्याद थप्ने विभागको तयारी छ ।

कोरोना संक्रमण नियन्त्रण गर्न लगाइएको बन्दाबन्दा, निषेधाज्ञाजस्ता प्रयासले पछिल्लो समय आर्थिक गतिविधि चलायमान हुन सकेको छैन । प्रवद्र्धक कम्पनीहरूले पनि आयोजनाको वित्तीय व्यवस्थापनमा कठिनाइ भोग्दै आएका छन् ।...

यो समाचार आर्थिक अभियानमा मिलन विश्वकर्माले लेखेका छन् ।

Top