footer
logo
September 08 2020
Blog single photo

ब्याजदर करिडोर सम्बन्धी कार्यविधि, २०७६ दोस्रो संशोधन सार्वजनिक (पूर्ण विवरण सहित)

राष्ट्र बैंक । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा स्थायी तरलता सुविधाको दर ५ प्रतिशत र तल्लो सीमाको निक्षेप संकलन दर ३ प्रतिशत कायम गरेको छ । केन्द्रीय बैंकले सोमबार सार्वजनिक गरेको ‘ब्याजदर करिडोरसम्बन्धी कार्यविधि, २०७६ (दोस्रो संशोधन, २०७७)’ मा ब्याजदर करिडोरको सीमाको रुपमा स्थायी तरलता सुविधाको नयाँ दर कायम भएको उल्लेख छ । 

यससँगै अवदेखि बैंक तथा वित्तीय संस्थामा ५ प्रतिशत भन्दा माथि ब्याजदर गयो भने राष्ट्र बैंकले तरलता प्रवाह गर्नेछ भने ३ प्रतिशत भन्दा तल झरेको खण्डमा बजारबाट तरलता प्रशोचन गरी वित्तीय प्रणालीलाई स्थायित्व दिनेछ । 

ब्याजदर करिडोरको माथिल्लो तल्लो सीमाको रुपमा एक हप्ता अवधिको निक्षेप संकलनको दर एक प्रतिशत रहेको छ । 
 



Top