footer
logo
September 07 2020
Blog single photo

गुराँस लाइफ इन्स्योरेन्सको लाभांश परिमार्जन, १०.५० प्रतिशत बोनश शेयर दिने  

बीमा खबर । गुराँस लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७४÷०७५ को लाभांशमा परिमार्जन भएको छ । इन्स्योरन्सले परिमार्जन गरेको लाभांश अनुशार शेयसरधनीहरुले १०.५० प्रतिशत बोनस शेयर पाउने छन भने कर प्रयोजनका लागि ५१ लाख ८६ हजार ५ सय ५८ रुपैयाँ पाउनेछन् । इन्स्योरेन्स सञ्चालक समितिको भदौ १९ गतेको बैठकले लाभांश परिमार्जन गरेको हो । 

यसअघि इन्स्योरेन्सले १३.१०१५ प्रतिशत अर्थात १२ करोड १९ लाख ६० हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार बोनस शेयरमा लाग्ने कर सम्बन्धित शेयरधनीहरुले बुझाउनुपर्ने थियो । उक्त निर्णय स्वीकृतिका लागि बीमा समितिमा पठाएकोमा समितिले वित्तीय विवारणमा परिमार्जन गरी पुनः पेश गर्न निर्देशन दिएपछि लाभांशमा परिमार्जन गरिएको इन्स्योरेन्सले जनाएको छ ।  

सञ्चालक समितिको लाभांश दिने उक्त निर्णय बीमा समितिबाट स्वीकृत भई इन्स्योरेन्सको वार्षिक साधारणसभाले स्वीकृत गरेपछि शेयरधनीले पाउनेछन् । 
 



Top