footer
logo
August 27 2020
Blog single photo

सबैको लघुवित्तमा खुल्यो भ्याकेन्सी, न्यूनतम १०+२ पासले आवेदन दिन पाउने

बैंकिङ रोजगारी । सबैको लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । लघुवितले भदौ १० गते भ्याकेन्सी प्रकाशित गरी व्यवस्थापकीय श्रेणीमा नायब कार्यकारी अधिकृत, प्रमुख सञ्चालन अधिकृत, सहायक प्रबन्धक, अधिकृत श्रेणीमा वरिष्ठ अधिकृत, कनिष्ठ अधिकृत र सहायक श्रेणीमा शाखा प्रमुख माग गरेको छ । व्यवस्थापकीय श्रेणीका लागि सबै पदमा एक/एक जना माग गरेको छ भने अन्य श्रेणीमा केही कर्मचारीको माग भएको उल्लेख गरेको छ । 

लघुवित्तले तोकिएको योग्यता पुरा गरेका नेपाली नागरिकले २०७७ भदौ २६ गते शुक्रबार कार्यालय समय भित्र लघुवित्तको केन्द्रीय कार्यालयमा अथवा इमेल slbslvacancy@gmail.com मा आइपुग्ने गरी दरखास्त दिनुपर्ने जनाएको छ । विस्तृत विवरणका लागि लघुवित्तले प्रकाशित गरेको विवरण तल दिइएको छ । 



Top