footer
logo
August 26 2020
Blog single photo

अनलाइन शेयर कारोबारका लागि टिएमएसको युजरनेम र पासवर्ड घरबाटै लिन सकिने

शेयर बजार । नेपाल स्टक एक्सचेन्जले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै दोस्रो बजारमा कारोबार गर्न÷गराउन अनलाईनबाटै युजरनेम र पासवर्ड लिन सक्ने व्यवस्था गरेको छ । त्यस्तै कारोबारका लागि अनलाइनबटै केवाइसी अध्यावधिक गर्ने व्यवस्था समेत नेप्सेले मिलाएको छ ।  

बैंकले ब्रोकरहरुको टिएमएस लिंक (https://newweb.nepalstock.com.np/brokers)मा अनलाइन रजिस्ट्रेसन सुविधा उपलब्ध गराइएको जनाएको छ । लगानीकर्ताले उक्त लिंकमा गई रजिस्टर लेखिएको ठाउँमा क्लिक गरेपछि आफ्नो विवरण भरेर युजरनेम र पासवर्ड लिन तथा केवाइसी अध्यावधिक गर्न सकिने जानकारी गराएको छ । 



Top