footer
logo
August 25 2020
Blog single photo

चालु खाता घाटा ८७.९ प्रतिशतले घट्यो, सोधनान्तर स्थिति २ खर्ब ८२ अर्बले बचतमा

राष्ट्र बैंक । आर्थिक वर्ष २०७६/७७ मा चालु खाता घाटा ८७.९ प्रतिशतले घटी ३२ अर्ब ६ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष यस्तो घाटा २ खर्ब ६५ अर्ब ३६ करोड रुपैयाँ थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब ३५ करोड रहेको चालु खाता घाटा समीक्षा वर्षमा ३२ करोड ६० लाख डलर रहेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा पुँजीगत ट्रान्सफर ८.१ प्रतिशतले घटी १४ अर्ब २१ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४९.१ प्रतिशतले वृद्धि भई १९ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर १५ अर्ब ४६ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १३ अर्ब ६ करोड रुपैयाँ रहेको थियो ।

 



आर्थिक वर्ष २०७६/७७ मा शोधनान्तर स्थिति २ खर्ब ८२ अर्ब ४१ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति ६७ अर्ब ४० करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्ष ५९ करोड १० लाखले घाटामा रहेकोमा समीक्षा वर्षमा २ अर्ब ३५ करोड डलर बचतमा रहेको छ ।
 

Top