footer
logo
August 24 2020
Blog single photo

सोमबार नेप्से परिसूचक २१.२६ अंकले बढ्यो, कारोबार रकम झण्डै २ अर्ब १४ करोड रुपैयाँ 

शेयर खबर । शेयर बजारका लगानीकर्ता अनलाइन कारोबारमा अभ्यस्त हुन थालेपछि निषेधाज्ञाको समयमा पनि शेयर परिसूचक सँगै कारोबार रकममा बृद्धि भएको छ ।

सोमबार नेप्से परिसूचक २१ दशमलव २६ अंकले बढेर १ हजार ४ सय ३१ दशमलव ६० अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि ३ दशमलव ५९ अंकले बढेर २ सय ९३ दशमलव १४ अंकमा बन्द भएको छ । लगानीकर्ता ब्रोकर कार्यालयमा पुगेर शेयर अर्डर गर्न नपाएपनि अनलाइन कारोबार गर्न थालेकाले नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । सोमबार १ सय ८२ कम्पनीको २ अर्ब १३ करोड ९२ लाख २ हजार रुपैयाँ बराबरको ४९ लाख २४ हजार २ सय ८९ कित्ता शेयर कारोबार भएको छ । कुल कारोबार संख्या पनि २७ हजार ५ सय ६६ रहेको छ । 

कारोबारमा आएका १२ वटा समूहमध्ये होटल समूह बाहेकका सबै सूचकहरु बढेका छन् । सबैभन्दा धेरै लघुवित्त समुह २ दशमलव ३४ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह २ दशमलव ३३ प्रतिशतले बढेको छ ।  

 



सबैधन्दा धेरै शेयर कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । योक कम्पनीको २१ करोड ६० लाख रुपैयाँ बढीको भएको छ । त्यस्तै नेको इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र ग्लोबल आइएमई बैंकको पनि १० करोड रुपैयाँ बढीको शेयर कारोबार भएको छ । कर्पोरेट डेभलोपमेन्ट बैंक र खानिखोला हाइड्रोपावरका शेयरधनीले सबैभन्दा धेरै ६ प्रतिशत बढीले कमाएका छन् । छ्याङ्दी जलविद्युतका लगानीकर्ताले भने सबैभन्दा धेरै २ दशमलव २५ प्रतिशतले गुमाएका छन् ।

Top