footer
logo
August 02 2020
Blog single photo

आरएमडिसी लघुवित्तको नाफा घट्यो, प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ७१ पैसा

लघुवित्त खबर । आरएमडिसी लघुवित्त लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/०७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफासँगै अधिकांश सुचकहरु घटेका छन् । 

लघुवित्तले चौथो त्रैमास (असार मसान्त) सम्ममा २८ करोड ५१ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको चौथो त्रैमासमा भन्दा १३.३८ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा लघुवित्तले ३२ करोड ९२ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा पनि घटेको छ । जसका कारण खुद नाफामा कमि आएको देखिन्छ । असार मसान्त सम्म लघुवित्तले ४६ करोड २ लाख ७४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २ करोड ५६ लाख रुपैयाँ कम हो । अघिल्लो वर्ष ४८ करोड ५९ लाख ४७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । लघुवित्तले ४५ करोड २२ लाख २० हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ४ करोड ४० लाख रुपैयाँ कम हो । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा ४८ करोड २५ लाख २६ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो । 



८९ करोड ९३ लाख २३ हजार ४ सय ३० रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तले ७ अर्ब ६ करोड ६९ लाख रुपैयाँ सापटी (बरोइङस्) गरी ८ अर्ब ६ करोड ८३ लाख रुपैयाँ लगानी गरेको छ । यो अवधिमा लघुवित्तको निक्रिय कर्जा शुन्य प्रतिशतमा झरेको वित्तीय विवरणमा उल्लेख छ ।

वित्तीय विवरण अनुसार लघुवित्तको जगेडा कोषमा १ अर्ब ६९ करोड ९९ लाख रुपैयाँ सञ्चित देखिएको छ । 

लघुवित्तको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ७१ पैसा, मूल्य आम्दानी अनुपात २२.११ गुणा, प्रतिशेयर नेटवर्थ २ सय ८९ रुपैयाँ ३ पैसा, प्रति शेयर कुल सम्पत्तिको मूल्य १ हजार १ सय ११ रुपैयाँ ५ पैसा र तरलता अनुपात १४.८९ प्रतिशत रहेको छ । 

Top