footer
logo
August 02 2020
Blog single photo

साधना लघुवित्तको नाफा बढ्यो, वित्तीय सूचकहरुमा पनि सुधार 

लघुवित्त खबर । साधना लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/०७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा भन्दा नाफामा बृद्धि भएको छ । गत आर्थिक वर्षको चैथो त्रैमास सम्ममा लघुवित्तले ४ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा लघुवित्तले १ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेकाले खुद नाफामा वृद्धि भएको देखिन्छ ।  लघुवित्तले १३ करोड ७३ लाख ४४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ९ करोड १० लाख ५१ हजार रुपैयाँ बढी हो । अघिल्लो वर्ष ४ करोड ६२ लाख ९३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । लघुवित्तले ३ करोड ५७ लाख ९७ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा १ करोड ५ लाख २८ हजार रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा २ करोड ५२ लाख ६९ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो । 

लघुवित्तको सञ्चालन खर्चमा बृद्धि भएको र निष्क्रिय कर्जा बढ्दा सम्भावित जोखिम व्यवस्थामा बढी रकम छुट्याउनुपर्दा सञ्चालन मुनाफा खुद ब्याज आम्दानीको तुलनामा बढ्न सकेको छैन् । लघुवित्तको निष्क्रिय कर्जा ०.६८ प्रतिशत पुगेको छ भने सम्भावित जोखिम बापत ५ करोड ४० लाख २५ हजार रुपैयाँ छुट्याएको छ ।



लघुवित्तले ७ लाख ७ हजार ८ सय कित्ता आइपीओ निष्काशन गरी २१ करोड ७७ लाख ८० हजार रुपैयाँ चुक्ता पूँजी पु¥याएको छ । यो अवधिमा लघुवित्तले १ अर्ब २२ करोड ७८ लाख रुपैयाँ सापटी र ४५ करोड ५३ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ७१ करोड ६ लाख भन्दा बढी रकम कर्जा लगानी गरेको छ । लघुवित्तको जगेडा कोषमा ६ करोड १२ लाख ६८ हजार रुपैयाँ सञ्चित रहेको छ । 

लघुवित्तको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ५० पैसा, प्रतिशेयर नेटवर्थ १ सय २८ रुपैयाँ १३ पैसा, प्रति शेयर कुल सम्पत्तिको मूल्य ९ सय १७ रुपैयाँ ९० पैसा र तरलता अनुपात १३.९७ रहेको छ । 

Top