footer
logo
August 01 2020
Blog single photo

सनराइज बैंक र हङकङको एटी सर्भिसेजबीच अनलाइन रेमिट्यान्स सेवाका लागि सम्झौता

बैंक खबर । सनराइज बैंक र हङकङको एटी सर्भिसेजबीच अनलाइन मार्फत रेमिटेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार हङ्कङमा रहेका नेपालीहरुले एटी सर्भिसेज मार्फत सजिलै नेपालमा रकम पठाउन सक्ने बैंकले जनाएको छ । 
 



एटी सर्भिसेजबाट पठाएको रकम अनलाइनमार्फत केही मिनेटमै सनराइज बैंकको प्रणालीमा आउने छ । यससँगै हङ्कङबाट रकम पठाउने वित्तीकै सनराइज बैंकका सबै शाखा कार्यालय र एजेन्ट मार्फत नगद भुक्तानी हुने छ । सनराइज बैंकको देशभर १ सय ३४ शाखा कार्यालय रहेका छन भने १० वटा विस्तारीक काउन्टर र १० हजार भन्दा बढी एजेन्ट रहेका छन् । 
 

Top