footer
logo
August 01 2020
Blog single photo

रिलायन्स लाइफ इन्स्योरेन्सले आइपीओ निष्काशन गर्ने, धितोपत्र बोर्डले दियो अनुमति

बीमा खबर । रिलायन्स लाइफ इन्स्योरेन्सले प्राथमिक शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । इन्स्योरेन्सले जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्नका लागि अनुमति पाएको हो । 

इन्स्योरेन्सले ६३ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता शेयर निष्काशन गर्नेछ । आइपीओ विक्री भएपछि इन्स्योरेन्सको चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ । 
 



आइपीओ निष्काशनका लागि इन्स्योरेन्सले ग्रेड ४ रेटिङ्ग पाएको छ । इक्रा नेपालले गरेको उक्त रेटिङ्ग अनुसार इन्स्योरेन्सको वित्तीय स्थिति औषतमा रहेको बुझिन्छ । इन्स्योरेन्सको शेयर निष्काशन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।  
 

Top