footer
logo
July 28 2020
Blog single photo

३० प्रतिशत भन्दा बढी नगद लाभांश वितरण नगर्न लघुवित्त संस्थाहरुलाई राष्ट्र बैंकको निर्देशन

लघुवित्त खबर । लघुवित्त कम्पनीहरुले ३० प्रतिशत भन्दा बढी नगद लाभांश वितरण गर्न नपाउने भएका छन् ।  नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६÷०७७ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशत मात्र नगद लाभांश वितरण गर्न निर्देशन दिएको हो । 
 



नगद लाभांश इजाजतपत्रप्राप्त संस्थाको २०७७ असार मसान्तमा कायम बचत÷निक्षेपको भातिर औसत ब्याजदरको प्रतिशत भन्दा बढी हुन नहुने व्यवस्था गरेको छ । त्यस्तै खुल वितरणयोग्य मुनाफा कुल चुक्ता पूँजीको ५ प्रतिशत भन्दा कम भएका संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांश वितरण गर्न पाउने छैनन् । 
 

Top